५ फाल्गुन २०७२, बुधबार

गाईघाट (उदयपुर),गए राति सिरिसे गाविस–१ स्थित बेतेनी रुपाटार सडक खण्डमा एउटा बलेरो जिप दुर्घटना हुँदा एकको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।

jeeep

ग१ज ४६१६ नंको उक्त जिप बेतेनी सडक खण्डमा बे्रक फेल भई सडकबाट तीन किमी तर खस्दा जिपमा सवार लिम्पाटार–३ बस्ने ३१ वर्षीय तेजबहादुर कार्कीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव राति नै इलाका प्रहरी कार्यालय कटारीले कटारी अस्पतालमा ल्याएर शवपरीक्षणका लागि राखेको प्रहरी निरीक्षक राजेन्द्र बस्नेतले बताउनुभयो ।

अन्य घाइतेको भने अहिले कटारी अस्पतालमा उपचार भइरहेको छ । गाडी चालक र गाडी साहुजीसोरुङङ छबिसे–६ बस्ने ५१ वर्षीय गौरबहादुर कटुवाल भने फरार रहेको प्रहरीले बताएको छ ।
प्रेम प्रस्ताव नमानेपछि छुरा प्रहार
लामो समयदेखि एक युवकले प्रेम प्रस्ताव राख्दै आए पनि युवतीले नमानेपछि उनीमाथि गए राति छुरा प्रहार भएको छ । पञ्चावती गाविस–४ बोहोरी बोट बस्ने १७ वर्षीया फूलकुमारी मगर र अर्का १४ वर्षीया गीता राना मगरलाई छुरा प्रहार गरिएको हो ।
छुरा प्रहार गर्ने युवक भुटार गाविस–८ बस्ने १६ वर्षीय पूर्णबहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । गए राति ११ बजे मगरद्वय घरको कोठामा सुतिरहेको बेला सार्कीले घरको झ्याल खोलेर प्रवेश गरी फूलकुमीलाई टाउकामा र छातीमा छुरा प्रहार गरी फरार रहेको बताइएको छ ।

मगरसँगै सुतिरहेकी उनकी भतिजी गीताले कराएर गुहार गर्दा उनलाई पनि सार्कीले छातीमा छुरा प्रहार गरेर घाइते बनाएका छन् । सार्की पञ्चावतीस्थित खरिबोटमा एक स्थानीयवासीको घरमा डेरा लिएर स्थानीय विद्यालयमा कक्षा १० मा अध्ययन गर्दै आएका विद्यार्थी हुन् । फूलकुमारीलाई एक वर्षदेखि सार्कीले प्रेम प्रस्ताव राखेर बारम्बार प्रेमपत्र लेख्दै आएको र धेरै पत्र भेटिएको प्रहरीले बताएको छ ।
सख्त घाइते फूलकुमारीको अवस्था गम्भीर रहेकाले उपचारका लागि धरानस्थित बिपी मेमोरियल अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV