
काठमाडौँ, नेपाली काँग्रेस काठमाडौँ जिल्ला सभापतिका लागि महामन्त्री प्रकाशमान सिंह पक्षका सबुज बानियाँ र संस्थापन पक्षकै निवर्तमान सभापति भिमसेनदास प्रधान चुनावी मैदानमा उत्रिउका छन ।
कमलादीस्थित प्रज्ञा भवनमा जारी अधिवेशनमा अहिले बिहान ९ बजेदेखि मतदानको प्रक्रिया सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
अघिल्लो अधिवेशनमा महामन्त्री सिंह पक्षकै सांसद राजेन्द्रकुमार केसीलाई पराजित गरेका प्रधान यसपटक फेरि सभापतिमै चुनाव उठेका छन । यसैगरी, जिल्ला सचिवमा बानियाँको प्यानलबाट राजकुमार नकर्मी र प्रधानको प्यानलबाट अर्जुन पराजुलीले उम्मेदवारी दिएका छन । सभापति सुशील कोइरालाका असामयिक निधन भएपछि काठमाडौंको जिल्ला अधिवेशन आज हुन लागेको हो ।