५ फाल्गुन २०७२, बुधबार

लुम्बिनी रुपन्देही, बुटवलको तिनाउ खोलाको किनारमा मङ्गलबार राति एक विद्यार्थीको शव फेला परेको छ ।

tinau

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार सिद्धबाबा मन्दिर नजिकै तिनाउ खोलाको किनारमा बुटवलको सिसिटी कलेजमा अध्यनरत जिमिस्टी टन्डनको शव फेला परेको हो । प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगर बस्ने टन्डन हराएको भन्दै खोजिदिन यही फागुन २ गते उनको परिवारले आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV