५ फाल्गुन २०७२, बुधबार

गुवाहिटी – नेपाली फुटबल टिमले दक्षिण एसियाली खेलकुद साग मा २३ वर्षपछि स्वर्ण पदक जित्यो । यसले देशवासीलाई अवश्य खुसी बनाएको छ । तर, मंगलबार सम्पन्न १२ औं सागमा नेपालले पुरुष फुटबलसहित पाएको पदक संख्या भने ३ स्वर्ण, २३ रजत र ३४ कायस्य मात्रै छ, जुन २३ वर्षयताकै खराब नतिजा हो ।

sag-game-284x300

 

यसले पक्कै पनि नेपाली खेलकुद सही बाटोमा छ भन्ने देखाउँदैन । फुटबलले जितेको स्वर्ण २३ वर्षमुनिको टिमको सफलता हो ।सन् १९९३ मा ढाकामा भएको छैटौं दक्षिण एसियाली महासंघीय खेलकुद साफ गेम्स मा भने राष्ट्रिय टिमले नेपालका लागि एकमात्र स्वर्ण जितेको थियो ।कान्तिपुर दैनिकमा खबर छ ।

नेपालका लागि त्यसयताकै खराब बन्यो १२ औं साग । नेपालले मद्रासमा सन् १९९५ मा भएको सातौं साफ गेम्समा ४, आठौंमा ३१, नवौंमा ७, दसौंमा ७ र ११ औं संस्करणमा ८ स्वर्ण हात पारेको थियो । बृहत खेलकुदमा स्वर्णका आधारमा वरीयता निर्धारण हुन्छ ।

LIVE TV