काठमाडौ, चीन सरकारले अनुदानमा नेपाल सरकारलाई दिएको तोरीको तेल न्युन गुणस्तरको पाइएको छ ।
न्युन गुणसतरको खाने तेल मानव स्वास्थ्यका लागि घातक मानिन्छ । चीनले गत पुस १ गते १० लाख आरएमबी मूल्य बराबरको अनुदानमा दिएको खाने तेल परीक्षण गर्दा न्युन गुणस्तर अवस्थामा भेटिएको छ ।
खानेतेलमा मानव स्वास्थ्यलाई हानी गर्ने गरी एसिडको उच्च मात्रा भेटिएको छ । खाद्य प्रविभि तथा गुण नियन्त्रण विभागका अनुसार लामो समयसम्म असुरक्षित रुपमा राखिएको अत्यन्त पुरानो खानेतेलमा एसिडको मात्र भेटिन्छ ।
विभागका महानिर्देशक संजिव कर्णका अनुसार प्रशोधित खाने तेलमा एसिडको मात्रा ०।५ मात्रै हुनुपर्दछ । तर चीन सरकारले अनुदानमा दिएको खाने तेलमा १।३ देखि १।४ सम्म पाइएको छ अन्नपूर्णमा दैनिकमा समाचार