४ फाल्गुन २०७२, मंगलवार

काठमाडौंमा आयोजना गरीएको ड्रिम्स फिल्मको अडियो सार्वजनिक कार्यक्रममा अनमोल केसिले बारम्बार मोबाईल नम्बर परिवर्तन गर्नु पर्ने समस्या भएको बताए । अनमोलले २-२ महीनामा मोबाईल नम्बर परीवर्तन गर्ने गरेका बताएका छन् । पछिल्लो समयमा चर्चामा आईरहेका नायक अनमोलको फ्यानहरु बढे सँगै उक्त समस्याहरु पनि बढेको हो । उनले भनेका छन् ‘के गर्नु केटिको फोन यक्ति आउँछकी, नम्बर परिवर्तन नगरी सुखै छैन ।’
vlcsnap-2016-02-16-17h59m39s879
हिले देखिनै फिल्म क्षेत्रमा लागे पश्चात अनमोल व्यस्त नायकको रुपमा चिनिएका हुन् । तर अहिले फिल्म ड्रिम्स पछि अझ बढि व्यस्तता अनमोलमा बढेको देखिन्छ । त्यस्तै अनमोल र उनका बाबु भुवान केसि एउटै घरमा बसेपनि उनिहरु काम पर्दा मात्र भेट हुने पनि खुलाएका छन् । एउटै घरमा बसे पनि उनिहरु आ-आफ्नै ल्फ्याटमा बस्ने बताउँछन् ।
vlcsnap-2016-02-16-18h00m11s101
फिल्म ‘ड्रिम्स’ को रीलीज डेट नजिकीदै गर्दा पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्म‘ड्रिम्स’को अडियो सार्वजनिक गरीएको छ । फाल्गुनको २१ बाट दर्शक माझ आउने फिल्म ‘ड्रिम्स’को निर्माण पक्षले अडियो सार्वजनिक गरेका हुन् ।
vlcsnap-2016-02-16-18h01m59s315
ड्रिम्स’ फिल्मको अफिसियल प्रोमोले पनि अहिले निकै दर्शक क्रेज बढाईरहेको छ । फिल्म ‘ड्रिम्स’लाई भुवान केसिले निर्माण तथा निर्देशन गरेका हुन् । जस्मा पटकथा तथा संवाद सामिप्य तिमल्सिनाको रहेको छ । त्यस्तै फिल्म ‘ड्रिम्स’मा अनमोल केसि,साम्राज्ञि राज्य लक्ष्मि शाह,सन्ध्या केसि लगाएतले अभिनय गरेका छन् । ‘ड्रिम्स’ फिल्मको अडियो सार्वजनिक कार्यक्रममा कलाकार साम्राज्ञि राज्य लक्ष्मि शाह,पटकथा तथा संवाद लेखक साम्प्यि तिमल्सिनाका साथै फिल्मका नायक अनमोल केसि र निर्माता तथा निर्देशक भुवान केसिले उपस्थिति जनाएका थिए ।
vlcsnap-2016-02-16-18h03m46s029

LIVE TV