४ फाल्गुन २०७२, मंगलवार

निर्माण थालेको झण्डै डेढबर्ष मै २ मेगावाट क्षमताको छ्याङ्दी खोला जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीको बाबजुद पनि तोकिएकै समयमा आयोजना निर्माणको कार्य सम्पन्न गरेको हो । आयोजनाको बाँध, विद्युत गृह र प्रसारण लाइनको सबै काम सम्पन्न गरि आयोजनाको प्रवद्र्धक कम्पनी छयाङ्दीले आन्तरिक परीक्षण थालेको छ । आयोजनाले निर्माण गरेको बाँधबाट पेनस्टकमार्फत पानी पठाएर अहिले टर्बाइन घुमाइरहेको छ । प्रबद्र्धक कम्पनी छयाङ्दी हाइड्रोपावरका कार्यकारी संचालक एलबी थापाले टेस्टिङ गर्नुभन्दा पहिले टर्बाइनसम्म पानी पठाएर बाँध, पेनस्टक र टर्बाइनको चेकजाँच गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV