४ फाल्गुन २०७२, मंगलवार

गुवाहटी ,१२ औं दक्षिण एसियाली खेलकुदको आज साँझ भारतको गुवाहटीमा समापन हुँदैछ । यो सागमा नेपालले जम्मा ३ स्वर्ण ९फुटबल, जुडो र उसु०, २३ रजत र ३३ का कास्यसहित जम्मा ५९ पदक हात पार्‍यो । यो सागमा नेपाल छैटौं स्थानमा छ । भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, बंगलादेश नेपालभन्दा अघि छन् भने भुटान र माल्दिभ्स नेपालभन्दा पछि छन् ।

gold medal

आज जुडोमा नेपालले तीन कास्य जितेको हो । ७० केजी समूहमा गंगा चौधी, ७८ केजी समूहमा पुनम श्रेष्ठ र सय केजीमा शिवबहादुर बरामले कास्य जितेका हुन् ।

१३ औं साग दुई वर्षपछि २०१८ मा नेपालमा हुँदैछ । साँझ गुवाहटीमा हुने समापन समारोहमा सागको झन्डा नेपालका युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डललाई हस्तान्तरण गरिँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV