४ फाल्गुन २०७२, मंगलवार

मस्को, रसियाको यारोस्लाभ सहरमा मङ्गलबार विहान प्राकृतिक ग्यास विस्फोटपछि आवासीय भवन भत्किएर भएको विस्फोटनमा परी कम्तीमा चार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

सो घरको भग्नावशेषबाट चार व्यक्तिको शव निकालिएको क्षेत्रीय गभर्नर सेर्गेई यास्ट्रेबोभले रिया नोभोस्ती समाचार समितिलाई बताउनु भएको छ ।
भवनको भग्नावशेषबाट कति व्यक्ति पुरिएर रहेका छन् भन्ने बारेमा अझै प्रष्ट नभएको तर दर्जनौँ व्यक्ति पुरिएका आशङ्का गरिएको बताइएको छ ।
यद्यपी रसियाली संकटकालीन व्यवस्थान मन्त्रालयले सो भवनमा ३९ व्यक्ति पुरिएर रहेको जनाएको छ । यस विस्फोटनमा परी करिब १५ वटा आवासीय भवन ध्वस्त भएको बताइएको छ ।

Siriya
अधिकारीहरुका अनुसार उद्धारकार्यको लागि ५५० उद्धारकर्ता र १३० सवारी सधान संलग्न रहेको जनाइएको छ । ग्यास विस्फोटको घटना रसियामा एक सधारण घटनाको रुपमा रहेको छ ।
सन् २०१२ को फेब्रुअरीमा पनि दक्षिणी सहर आस्ट्राखानामा रहेको नौ तले भवनमा भएको ग्यास विस्फोटमा परी १० व्यक्तिको मृत्यु भएको थियो ।
गत डिसेम्बरमा पनि दक्षिणी सहर भोल्गोग्रादमा भएको यस्तै विस्फोटनमा परी कैयाँै व्यक्तिको मृत्यु भएको थियो ।
उद्धारकार्यको लागि यारोस्लाभलमा ३२ वटा हेलिकोप्टर समेत पठाइएको व्यवस्थान मन्त्रालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

LIVE TV