४ फाल्गुन २०७२, मंगलवार

फागुन सातमा रीलजिको तयारीमा रहेको फिल्म ‘फागु’ ले तराईको खुल्ला सिमानाका कारण परीवारहरुमा पर्न जाने बाधा अबरोधहरुलाई प्रसतुत गर्ने भएको छ । करीस्मा मानन्धर र बिनोद मानन्धरले निर्माण गरेका फिल्म ‘फागु’ लाई महिला निर्देशक सम्झना उप्रेति रौनियारले निर्देशन गरेका हुन् । ‘फागु’फिल्मका निर्माता करीस्माका अनुसार फिल्म महिलाको कथाबस्तुलाई प्रस्तुत गर्ने मनोरञ्जनात्मक र आफुले फागु पर्व मनाउने हुनाले बिषेश फिल्म रहेको बताउँछिन् ।
vlcsnap-2016-02-16-12h31m42s102
पारीवारीक फिल्म रहेको ‘फागु’मा दयाराम पाण्डेको लेखन तथा बसन्त सापकोटाको संगीत रहेको छ । त्यस्तै रामशरण उप्रेतिले सिनेमाटोग्राफि र बनिश शाह र भुपेन्द्र अधिकारीले सम्पादन सम्हालेका छन् । यस फागु फिल्ममा गौरी मल्ल, बसन्त भट्ट, राजेश हमाल,शील्पा पोखरेल, सुवास पराजुली लगाएतले अभिनय गरेका छन् । यसै फिल्मका निर्देशक सम्झना उप्रति रौनियारले पनि ‘फागु’ फिल्म बिषेश रहेको बताउँछिन् । फिलममा शील्पालाई क्यारेक्टर मिल्ने भएको हुनाले शील्पा पोखरेललाई मुख्य भुमिकामा लिएको पनि बताईन् ।
vlcsnap-2016-02-16-12h37m22s719
शील्पा पोखरेलको यस फिल्म भने स्पेशल हुने भएको छ । अहिले शील्पा छबिराज ओझा ब्यानर भन्दा बाहीर काम गरेकी छिन् । यस अघि शील्पाले छबिराज ओझा व्यानरमा मात्र काम गरेकी थिईन् । उनको अभिनयलाई दर्शकहरुले पनि निकै मन पराएका थिए । शील्पाले ‘फागु’ फिल्ममा पहिले भन्दा फरक धारमा अभिनय गरेकी हुनाले फिल्म राम्रो भएको बताउँदै फिल्मलाई हेरीदिन दर्शकहरुलाई आग्रह पनि गरेकी छिन् ।
vlcsnap-2016-02-16-12h34m16s632
‘फागु’ फिल्मबाट नै नव नायक सुवास पराजुलिले पनि नेपाली फिल्म ईन्डष्ट्रिमा पाईला टेकेका छन् । फिल्म ‘फागु’मा उनले फागु पात्रलाई माया गर्ने पात्रको रुपमा अभिनय गरेको बताएका छन् ।
vlcsnap-2016-02-16-12h41m15s135
फागुन सात गते फिल्म ‘फागु’ सँगै अन्य दुई फिल्महरु द सोल्जर र को आफ्नो फिल्म पनि प्रदर्शनमा आउने भएका छन् । फागुन सातममा प्रदर्शन हुने फिल्महरु मध्ये कुन फिल्मले दर्शकहरुको मन जित्ने भने पर्खाईको बिषय बनेका छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV