
सलमान खानको आउन लागेका फिल्म ‘सुल्तान’मा उनि रेसलरकोे भुमिकामा अभिनय गरेका छन् । फिल्म ‘सुल्तान’मा उनको एक हट अवतारमा पनि नजर आउने भएको छ । अहिले भाईरल बनिरहेको सलमानको शर्टलेश तस्बिरले ईन्टरनेटमा तहल्का मच्चाईरहेको छ ।
‘सुल्तान’ फिल्मका डाईरेक्टर अलि अब्बासले सलमानको यस किलर लुक्स भएको तस्बिरलाई ट्विट गरेका हुन् । सलमानको यस सेक्सी बडिले सलमानका सबै फ्यानहरुको धड्कन बढाईरहेको छ । यसै सन्दर्भ उनका सबै फ्यानहरु पनि सलमानका उक्त बडि देखेर छक्क परिरहेका छन् । सलमानको यस किलर लुक रेस्लिङ रीङमा अनुष्का शर्माको चालेन्जका प्रतिउत्तर फिल्म रीलीज भएपछि मात्रै थाहा हुने भएको छ । फिल्मको लीड रोलका नायिका अनुष्का पनि रेसलर रोलमा नै देखिने छिन् । फिल्म ‘सुल्तान’को एक सिक्वेन्समा अनुष्काले सलमानलाई थप्पड पनि हानेकी छिन् । त्यसैले यस फिल्ममा धेरै नयाँपन देखिने भएको छ ।