४ फाल्गुन २०७२, मंगलवार

केहि बर्ष अघि निर्माण भएको फिल्म ‘चपली हाईट’को सिक्वेल फिल्म‘चपली हाईट २’ पनि निर्माण हुने भएको छ । कोठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्मका निर्माण पक्षले ‘चपली हाईट २’ फिल्म निर्माण गर्न लागेका जानकारी सार्वजनिक गरेका छन् । निर्माण हुन लागेको फिल्म ‘चपली हाईट २’ लाई अर्जुन कुमार फिल्मस् र राजधानि मिडियाको व्यानरमा अर्जुन कुमारले निर्माण गर्ने भएका छन् ।
3
सफल निर्देशकको रुपमा छुट्टै पहिचान भनाईसकेका निर्देशक दीपेन्द्र के खनालले फिल्मलाई निर्देशन गर्ने भएका छन् । पहिलेको फिल्म चपली हाईट लाई पनि दिपेन्द्रले नै निर्देशन गरेका हुन् । त्यस्तै अहिले उनैले निर्देशन गरेका फिल्म पशुपति प्रसाद लाई पनि दर्शकहरुले रुचाईरहेका छन् । उनका अनुसार निर्माण हुन लागेका फिल्म ‘चपली हाईट २’ लाई रोमान्टिक थ्रिलर जन्र्मा राखेको बताउँछन् । फिल्म निर्माण भईसकेपछि पहिले जस्तै दर्शकहरुले मन पराईदिने आशा राख्दै दर्शकहरुलाई भिन्न खालका फिल्महरु प्रस्तुत गर्ने पनि बताएका छन् ।
5
चपलि हाईट फिल्म सेक्स साईक्लोजीमा निर्माण भएको भए पनि सिक्वेल फिल्म ‘चपली हाईट २’ भने भिन्दै रोमान्टिक थ्रिलरमा रहेको निर्माण पक्षले बताए । यस फिल्मले बास्तबिक नेपाली कथाबस्तुलाई प्रस्तुत गर्ने भएको छ । चपली हाईट फिल्ममा दुई नायक एक नायिका रहेको थियो तर सिक्वेल फिल्म ‘चपली हाईट २’ मा दुई नायिका एक नायक रहेका छन् । जस्मा नायक आयुसमान देशराज श्रेष्ठ जोसि, नायिकाहरु मरिस्का पोखरेल र परमीता री राना रहेका छन् । यी तिनै कलाकारहरु यसै फिल्मबाट नेपाली फिल्म ईन्डष्ट्रिमा करीअर सुरु गर्न लागेका हुन् । कार्यक्रममा उपस्थित तिनै जनाले फिल्ममा अभिनय गर्न पाउँदा निकै उत्साहित भएको बताएका छन् । त्यस्तै सानै देखि कलाकारीता क्षेत्रमा रुचि रहेको बताउँदै राम्रो अभिनय गर्ने बताएका छन् ।
4
रोमान्टिक थ्रिलरमा निर्माण हुनलागेको फिल्म ‘चपली हाईट २’मा शान बस्न्यातको स्क्रिप्ट रहेको छ । त्यस्तै फिल्ममा अर्जुन कुमारले संगीत, र निरोज कडेलले सिनेमाटोग्राफि सम्हाल्ने भएका छन् । चाँडै नै शुटिङ्ग सुरु हुने ‘चपली हाईट २’ फिल्मलाई आउँदो जेष्ठ महिनातिर प्रदर्शनमा ल्याउने पनि बताएका छन् । आयोजित कार्यक्रममा फिल्म ‘चपली हाईट २’का पोष्टर अनवरण पनि गरीएको थियो । पोष्टरलाई यसै फिल्मका नव कलाकारहरु आयुसमान देशराज श्रेष्ठ जोसि, मरिस्का पोखरेल र परमीता री रानाले पोष्टर अनवरण गरेका हन् ।
1
कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार राई,चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीका साथै फिल्म ‘चपली हाईट २’का निर्माण टोली र पत्रकारहरुको ठुलो मात्रामा उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित चलचित्र बिकास बोर्डका अध्याक्ष राईले निर्देशक दिपेन्द्र के खनालको प्रसंसा गर्दै राम्रो फिल्म निर्माण हुने आशा राखेका छन् ।
2

प्रतिक्रिया दिनुहोस्

LIVE TV