४ फाल्गुन २०७२, मंगलवार

म्याग्दी, म्याग्दीको हिदीका स्थानीय सहज स्वास्थ्य सेवा लिनबाट वञ्चित बनेका छन् । प्राथमिक उपचार सेवा लिनकै लागि तीन घन्टा बढी हिँड्नुपर्ने बाध्यताले हिदीका स्थानीयवासी सहज स्वास्थ्य सेवा लिन नपाएको गुनासो गर्छन् ।

 

upachar

कुहुँ गाविसको ९ नं र बाबियाचौर गाविसको ९ नं वडा तथा दरबाङ गाविसको ४ नं वडा मिलेर बनेको हिदी गाउँबाट प्राथमिक स्वास्थ्य सेवा लिनका लागि कुहुँ र बाबियाचौर पुग्नका लागि कम्तीमा तीन घन्टा हिँड्नुपर्ने बाध्यता रहेको सिद्धशान्ति युवा क्लब, कुहुँका पूर्व अध्यक्ष चर्तुध्वज फगामीले बताए ।

“गाउँमा सहज यातायात सुविधा छैन, त्यसैमा बिरामी भएमा घन्टौँ टाढाको दूरीमा रहेको स्वास्थ्य चौकीमा पुग्नुपर्छ, भिरपहराको बाटो भएकाले पनि सजिलैसँग आवतजावत गर्न समस्या छ, फगामीले भने ।” त्यसैले स्थानीयवासीले गाउँमै सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्न माग गरेका छन् ।

तीन गाविसमा विभाजित दुखु गाउँका जनता टाउको दुखेमा सिटामोल किन्नकै लागि पनि तीन घन्टा हिँड्नुपर्ने बाध्यताले समस्यामा परेको सिद्धशान्ति माध्यमिक विद्यालय हिदीका प्रधानाध्याक होमनाथ पाण्डेले बताएका छन  । गाउँका स्थानीयवासीले अहिले सामुदायिक स्वास्थ्य एकाइको माग गर्दै जिल्लास्थित सरोकारवालाको ध्यानाकर्षण गराउने तयारी गरेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV