४ फाल्गुन २०७२, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा आफ्नो भारत भ्रमणबारे जानकारी गराउने भएका छन् ।
११ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणअघि राष्ट्रिय चासो र स्वार्थको संरक्षका सन्दर्भमा मुलुकभित्र विश्वास जुटाउने क्रममा उनले संसदमा भाग लिन लागेका हुन् ।

kp oli dai
ओलीले भ्रमण बारे सबै राजनीतिक दल तथा सांसद्सँग परामर्श गरेर राष्ट्रिय चासोका विषयमा आपसी परामर्श गरी विश्वासमा लिन खोजेका हुन् ।
यसअघि प्रधामन्त्री ओलीले भारत भ्रमणको तयारीका क्रममा सत्तारुढ दल, प्रमुख प्रतिक्षिी नेपाली कांग्रेस, पूर्वपरराष्ट्रमन्त्रीहरु, कुटनीतिज्ञ लगायतसँग छलफल गरिसकेका छन् ।

LIVE TV