४ फाल्गुन २०७२, मंगलवार

खोटाङ, नेपाल अलैँची व्यवसायी महासङ्घको दोस्रो अधिवेशनका लागि मुलुकभरका व्यवसायी खोटाङको हलेसीमा भेला भएका छन् ।

नेपाल अलैँची व्यवसायी महासङ्घको तेस्रो साधारणसभा तथा दोस्रो महाधिवेशनको सिलसिलामा मुलुकभरका अलैँची कृषक र व्यवसायी खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा भेला भएका हुन् ।

?????????????????????????????????????????????????????????

‘कृषि वस्तुको पहिचान, हाम्रो साझा अभियान’ भन्ने नारासहित महासङ्घको अधिवेशनमा सहभागिताका लागि खोटाङलगायत ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, ओखलढुङ्गा, दोलखा, काभ्रे, गोरखा, लमजुङका अलैँची व्यवसायी आइपुगेका छन् ।

 
अधिवेशनमा १३ जिल्लाका पाँच÷पाँचजना र संस्थापक केन्द्रीय समितिका गरी १५० प्रतिनिधिको सहभागिता रहेको छ । अधिवेशनले नयाँ नेतृत्व चयनसँगै हरेक जिल्लामा उत्पादित अलैँचीलाई प्याकेजिङ, लेबलिङ र बजारीकरणका विषयमा रणनीति तयार गर्दै सकिने अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र घिमिरेले जानकारी दिए।
निर्वाचन नभए अधिवेशन मङ्गलबार समापन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV