४ फाल्गुन २०७२, मंगलवार

काठमाडौं । दक्षिण कोरिया जाने कामदारको सोमबारदेखि नयाँ सूची छनोट सुरु भएको छ । रोजगारदाताले इपिएस शाखामार्फत नेपाली कामदार माग्न थालेका हुन् । गत असोजमा परीक्षा दिएर बसेकाहरुले बल्ल काम गर्न जाने अवसर पाउन लागेका हुन् । भाषा पास गरेकाहरु लामो समयदेखि जाने समयको प्रतिक्षामा छन् । वर्ष दिनभरि काम गर्न जानेलाई मुख्य तीन चरणमा पठाइने तयारी गरिएको छ ।

koriya

सन् २०१६ का लागि पहिलो चरण ९फस्ट लट० मा कामदार पठाउन सोमबार लेबर कन्ट्याक्ट आएको हो । सोमबार कृषि क्षेत्रमा काम गर्न जानेको
सहमतिपत्र आएको छ । मंगलबारदेखि उत्पादनमूलक क्षेत्रमा लिने कामदारको सहमतिपत्र रोजगारदाताले पठाउन थाल्नेछन् । रोजगारदाताको स्वीकृतिपत्र आएको एक महिनाभित्रै पहिलो लटका कामदार कोरिया पठाइनेछ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV