
काठमाडौ । पोखरा(उप महानगरपालिका अन्र्तगतको फेवाताल संरक्षण तथा व्यवस्थापन कार्यलयले ताल संरक्षणको काम सुरु गरेको छ ।पहिलो चरणमा तालमा ढल मिलाउनेलाई कारवाही सुरु गरिएको छ । व्यवस्थापन कार्यालयले ढल मिसाउने १५ जनालाई पत्र काटेको छ ।
कतिपयले वर्षको समयमा जम्मा भएको पानी फान्का लागी बनाएको नालाबाट मलमूत्र सीधै तालमा पठाएको जनगुनासो आएपछि उप(महानगरपालिकाले दुइ साताअघिबाट अनुगमन थालेको थियो ।
तालमा मिसाएको ढल हटाउन आग्रह गर्दै नटेर गरेपछि पत्र काटिएको व्यवस्थापन कार्यलयका प्रमुख इन्जिनियर महेन्द्र गादारले जानकारी दिए ।
वाताबरण एन अनुसार ताल तलैयामा ढल मिसाउनेलाई एक लाखसम्मको जरिवाना हुनसक्छ । तर, पहिलोपटक भएका कारण सबैलाई ३० हजारका दरले जरिवाना गरिने भएको छ ।