४ फाल्गुन २०७२, मंगलवार

दोलखा – भूकम्पपछि क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण दोलखाबाट सुरु हुने भएको छ । पुनर्निर्माण प्राधिकरणका विज्ञ टोलीसहित दोलखा आएका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले २ साताभित्रै दोलखाबाट अभियान सुरु गरिने बताए ।

dolakha

वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पले प्रतिव्यक्ति आधारमा सबैभन्दा बढी क्षति दोलखामै भएकाले यहीँबाट पुनर्निर्माण अभियान सुरु गर्न लागिएको ज्ञवालीले बताए । ‘व्यक्तिगत घर क्षतिको तथ्यांक संकलनसम्बन्धी प्राविधिक काम पनि दोलखाबाटै सुरु भएकाले अभियानका लागि यही जिल्ला छनोट गरिएको हो, उनले भने ।  कारोबार दैनिकमा खबर छ ।

 

LIVE TV