४ फाल्गुन २०७२, मंगलवार

काठमाडौं – पार्टी सभापति सुशील कोइरालाको निधन भएपछि कांग्रेसको संस्थापन पक्षभित्र सभापतिको उम्मेदवार को बन्ने भन्नेमा ठूलै सकस पर्ने देखिएको छ । आसन्न महाधिवेशनका लागि उपसभापति रामचन्द्र पौडेल , महामन्त्रीद्वय कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, नेत्री सुजाता कोइराला र नेता रामशरण महतले सभापतिमा उम्मेदवारी दिने भन्दै प्रचार थालेका छन् ।

cangres

सिटौला, सिंह, महत र सुजाता चारैजनाले पौडेल पार्टीभित्र अत्यन्त कमजोर भएको भन्दै सभापतिमा उनले जित्न नसक्ने दाबी गर्दै आएका छन् । सिटौलाले हालै केन्द्रीय सदस्य शशांक निवास महाराजगन्जमा भएको केही कन्द्रीय सदस्य सहभागी अनौपचारिक बैठकमा पौडेलले ३ सयभन्दा बढी मत ल्याउन नसक्ने भन्दै आफू सबैभन्दा बलियो उम्मेदवार भएको दाबी गरेका थिए ।

सिटौलाले देशभरका महाधिवेशन प्रतिनिधिलाई टेलिफोन सम्पर्क गरेर सभापतिमा सहयोग गर्न अग्रह गर्दै आएका छन् । सिटौलाजस्तै सुजाताले पनि प्रचार तीव्र बनाउन थालेकी छन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर ।

LIVE TV