४ फाल्गुन २०७२, मंगलवार

काठमाडौं । अपांगता भएका ४२ प्रतिशत युवायुवतीको एकभन्दा बढी यौनसाथी रहेको अध्ययनले देखाएको छ ।
अपांगता भएका युवाको यौन तथा प्रजनन स्वास्थ्यका विषयमा मेरिस्टोप्स नेपालले गरेको अध्ययनले ३० वर्ष उमेरका अपांग ययुवायुवतीले एकभन्दा बढीसँग शारीरिक सम्पर्क राख्ने गरेको देखाएको नागरिक दैनिकमा समाचार छ ।

apanga
अध्ययनमा एक भन्दा बढी यौन साथी भएका उक्त समूहका ११ प्रतिशत अपांग युवायुवतीको पहिलो सम्पर्क दबाबका भरमा भएको पाइएको छ ।
मेरिस्टोप्स क्लिनिकले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सहयोगमा उपत्यकाका तीनसहित ६ वटा जिल्लाका अपांगता भएका युवायुवतीबीच अध्ययन गरेको थियो ।
अध्ययनकाक्रममा विवाहअगाडि प्रेममा पर्ने तथा विवाहितले समेत एकभन्दा बढीसँग यौनसम्पर्क राख्ने गरेको भेटिएको छ ।

LIVE TV