४ फाल्गुन २०७२, मंगलवार

काठमाडौं । भारतको नाकाबन्दी खुलेको साता वितिसक्दा पनि बजारमा खाना पकाउने ग्यास आपूर्ति हुन सकेको छैन । इन्डियन आयल कर्पोरेसन ९आईओसी० बाटै मागअनुसार ग्यास बुलेट लोडिङ नभएको कारोबार दैनिकमा समाचार छ ।

gas-bullet

नाकबन्दीको बजार अभाव हटाउन सामान्य दिनभन्दा दोब्बर परिमाणमा ग्यास आयात आवश्यक भए पनि ५० प्रतिशत मुस्किलले लोडिङ भएका छन् । आपूर्ति परिमाण बढ्दै गए पनि नाकाबन्दी अघिको जति ग्यास आयात हुन सकेको छैन ।
सामान्यतया महिनामा ३० हजार टन हाराहारीमा ग्यास आउँछ । नाकाबन्दी खुलेपछि शनिबार र आइतबार भारतमा विदा परेका कारण ग्यास लोड हुन सकेनन् । राजधानीका लागि सामान्यतया ७० बुलेट ग्यास आवश्यक पर्ने नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरे बताउँछन् ।

LIVE TV