४ फाल्गुन २०७२, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशन सम्पन्न गर्न पाँच करोड खर्च अनुमान गरिएको छ ।अर्थ संकलन समितिको सोमबार संसदीय दलको कार्यलय सिंहदरबारमा बसेको बैठकले खर्च विवरण प्रक्षेपण गर्दै गाउँदेखि केन्द्रीय महाधिवेशन सम्पन्न गर्न पाँच करोड लाग्ने अनुमान गरेको नागरिक दैनिकमा समाचार छ ।

nepali cangresh
तीन करोड रुपैयाँ आन्तरिक स्रोतबाट जुटाउने तयारी गरेको समितिले बाँकी दुई करोड शुभेच्छुक, शुभचिन्तकका साथै उद्योग व्यावसायीबाट जुटाउने तयारी गरेको छ ।
महाधिवेशनमा सवैभन्दा धेरै खाना र आवासमा गरी साढे दुई करोड खर्च हुने गरेको कांग्रेसले प्रतिछाक ३५ सयलाई खाना खुवाउने तयारी गरेको छ ।
प्रतिव्यक्ति प्रतिछाक पाँच सयका दरले खाना खुवाउने कांग्रेसले सार्वजनिक सूचनामार्फत टेन्डर आहृवान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV