३ फाल्गुन २०७२, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले १२ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा उपाधि जितेकोमा नेपाली राष्ट्रिय टिमलाई बधाई एवं शुभकामना दिएका छन् ।

kpoli

प्रधानमन्त्रीले साग खेलकुदमा २३ वर्षपछि प्राप्त जीतले नेपालको शीर उचो बनाएको भन्दै खेलाडी, प्रशिक्षक एवं खेलसँग सम्बन्धित सबै सरोकारवाला पक्षहरुलाई आफ्नो व्यक्तिगत तर्फबाट र सरकारको तर्फबाट बधाई दिए । उनले भने, ‘नेपाली खेलाडीको यो विजय खेल इतिहासमा अनन्तकालसम्म स्मरणीय हुनेछ । सरकारले खेलाडीको सम्मानमा कुनै कमी आउन दिने छैन ।’
प्रधानमन्त्रीले सागको महिला फुटबल टिम पनि फाइनलसम्म पुग्न सफल भएकोमा बधाई दिंदै आगामी दिनमा अझै राम्रो तयारी गर्न भनेका छन् ।
साथै सागमा स्वर्ण, रजत र कांस्य पदक विजेता खेलाडीलाई पनि प्रधानमन्त्रीले बधाई दिएका छन् ।

LIVE TV