३ फाल्गुन २०७२, सोमबार

बागलुङ,  बागलुङ नगरपालिका–११ उपल्लाचौरमा रहेको कपास उद्योगमा आगलागी हुँदा रु १० लाख बराबरको क्षति भएको छ ।

‘अस्मिता रिसाइक्लिङ’ कपास उद्योगमा आज अपराह्न १२ः३० बजेतिर विद्युत् ‘सर्ट’ भई आगलागी भएको हो । आगलागीबाट उद्योगमा रहेको उपकरण, कच्चापदार्थ लगायत सामान जलेर नष्ट भएको सञ्चालक तामलाल बन्जाडेले बताउनुभयो ।

fire

उद्योगमा रहेको रु एक लाख १० हजारको मोटर, रु छ लाख ८० हजारको कपास पेल्ने यन्त्र, रु एक लाखको जस्तापाता र रु एक लाख बराबरको कच्चा पदार्थ जलेर नष्ट भएको उहाँको भनाइ छ ।

आगलागीपछि नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा करिब एक घन्टामा आगो नियन्त्रणमा लिइएको थियो । उद्योगको नजिकै नेपाली सेनाको ब्यारेक भएकाले पनि आगो नियन्त्रणमा सहज भएको प्रहरीले जनाएको छ । आगलागी भएको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट दमकल पठाएर आगो नियन्त्रणमा लिइएको थियो । रासस
–––––––––––

LIVE TV