३ फाल्गुन २०७२, सोमबार

स्वर्ण पदकका लागि नेपाल र भारतको फुटलब फाइनल भारतको गुवाहटीमा हुदै  छ । अहिले सम्ममा भारतले १ गोल गरेको ।

दक्षिण एसियाली खेलकुदमा पुरुष फुटबलको स्वर्ण सबैभन्दा प्रतिष्ठाको मानिन्छ । यसैका लागि केहीबेरमा नेपाल र भारत इन्दिरा गान्धी रंगशालामा अहिले साँझ ७.१५ मा भिड्दै छन् ।

महिलातर्फको फाइनलमा भारतले नेपाललाई ४–० ले हराएको स्थितिमा नेपाली पुरुष यू–२३ टिमसामु त्यसको बदला लिने अवसर हुनेछ । नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई हराएको थियो । यस्तै भारतले अर्को सेमिफाइनलमा बंगलादेशलाई पन्छाएको थियो ।

नेपालले दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलको फाइनलमा खेल्न लागेको यो पाँचौं अवसर हो । यसअघि नेपालले सन् १९८४ र १९९३ मा पुरुष फुटबलतर्फ स्वर्ण जितेको थियो । यस्तै १९८७ र १९९९ को फाइनलमा भने नेपाल पराजित रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV