३ फाल्गुन २०७२, सोमबार

बालक हत्या अभियोगमा पक्राउ परेका ५ युवालाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ ।

aaropi2

जलेश्वर नगरपालिका( १२ मलिवाराका ११ वर्षीय क्यूट भन्ने निश्चलकुमार पाण्डेलाई अपहरणपछि हत्या गरेको आरोपमा जलेश्वर( १ का २७ वर्षीय पप्पु यादव, वडा नं २ का २५ वर्षीय शिवम चौधरी, ६ का २० वर्षीय गोविन्दकुमार मिश्र , १२ का २७ वर्षीय सरोज पाण्डे र ३१ वर्षे सञ्जीव मिश्रलाई प्रहरीले आइतबार र सोमबार अदालत पेश गरेको थियो ।

अतिरिक्त जिल्ला न्यायाधीश पूर्णप्रसाद वास्तोलाले गरेको मुद्दाको पहिलो सुनवाईपछि सोमबार थुना आदेश गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV