३ फाल्गुन २०७२, सोमबार

बाटोमा फेला परेको १४ लाख २२ हजार रुपैयाँको चेक बैंकबाट साटी रकम लिने पर्सास्थित ठाकुरराम बहुमुखी क्याम्पसमा अध्ययनरत रौतहट जटाहा–१ का २० वर्षीय बसन्तप्रसाद सोनारलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जयप्रकाश अग्रवालको नेहा ईन्टरप्राइजेजको नाममा जारी भएको उक्त रकम बराबरको चेक सोनारले पर्सा बीरगंज उपमहानगरपालिका–१५ स्थित घण्टाघर मुरली सडकमा आइतबार फेला पारी बीरगन्ज आदर्शनगरस्थित एभरेस्ट बैंकबाट साटेका थिए।

money_nepalii

उक्त रकम लिएर पर्सा बीरगंज उपमहानगरपालिका–१३ स्थित आदर्शनगर डेरामा गई बसेको अबस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले डेराकोठाबाटै सोनारलाई सम्पूर्ण रकमसहित पक्राउ गरेको हो । सम्बन्धित बैंकको कर्मचारीलाईसमेत कार्यालयमा झिकाई बैंकिङ कसुर सम्बन्धी अपराधमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV