३ फाल्गुन २०७२, सोमबार

काठमाडौँ,  नेपाली सेनाले महाशिवरात्री एवम् सेना दिवसका अवसरमा राष्ट्रियस्तरको पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

नेपाली सेनाको सैनिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा यही फागुन ९ देखि १४ गतेसम्म हुने ‘प्रथम प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा सेनाका दुई टोलीले भाग लिनेछन् ।

volleyball-

प्रतियोगितामा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र पाँच विकास क्षेत्रका एक÷एक गरी नौ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई रु तीन लाख नगदसहितको पुरस्कार प्रदान गरिएको सेनाद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यस्तै, दोस्रो हुने टोलीलाई रु एक लाख ५० हजार तथा तेस्रो हुनेलाई रु ७५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी, ब्लकर, डिफेन्डर, स्पाइकर र प्रशिक्षकलाई जनही रु १०÷१० हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारस्वरुप १५० सिसीको पल्सर मोटरसाइकल प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागी हुने सबै टोली र खेलाडीलाई सरकारले तोकेअनुरुपको बस्ने र खाने व्यवस्था सेनाले मिलाएको छ ।

सेना र नागरिकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन तथा समग्र खेलकुद क्षेत्रकै विकासमा टेवा पु¥याउन प्रतियोगिता सञ्चालन गर्न लागिएको नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

LIVE TV