३ फाल्गुन २०७२, सोमबार

काठमाडौँ,  शारीरिक र मानसिक रुपमा अपाङ्गता भएका व्यक्तिका लागि प्रार्थना विधिबाट यही फागुन ७ गते दशरथ रङ्गशालमा निःशुल्क उपचार गरिने भएको छ ।

बिनीप्रप्र सेवा कार्य नेपालले आयोजना गर्ने चङ्गाइ कार्यक्रममा प्रार्थनाबाट निःशुल्क उपचार गरिने आज आयोजित पत्रकार सम्मेलनमा संस्थाले जानकारी दिएको छ ।

wheeelchear

संस्थाका अध्यक्ष चेतबहादुर खरेलले आफू पनि त्यस्तै विधिबाट स्वस्थ भएकाले ईश्वरसँग प्रार्थना गरेर अशक्तको उपचार गरी स्वस्थ बनाउने प्रयास गरिने उपचारपछि सबै अशक्तले त्यही ह्विल चेयर छाडी हिँडेर घर फर्कने जिकिर गर्नुभयो ।

सो विधिबाट अर्बुद रोग र एचआइभीको समेत सफल उपचार भइसकेको भए पनि त्यो नदेखिने भन्दै उहाँले अपाङ्गता भएकामा भने यसको प्रभाव तत्कालै देखिने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

LIVE TV