
नेपाल विद्युत प्राधिकरण र एनभिभिएनबीच आज फागुन ३ गते ८० मेगावाट विद्युत खरिद गर्ने बारे सम्झौता भएको छ। ढल्केबर मुजफ्फरपुर अन्तर्देशीय प्रशासरण लाइनबाट आयात गर्ने गरी प्रति यूनिट ३ रुपैयाँ ४४ पैसा भारतीय रुपैयाँ अर्थात् ५ रुपैयाँ ५० पैसामा उक्त विद्युत उर्जा खरिद गरिने भएको हो।
नेपालसँग विद्युत व्यापार गर्न भारतले नियुक्त गरेको नोडल एजेन्सी एनपीटीसी मार्फत विद्युत आयात गर्ने निर्णय कार्यन्वयन गर्न भारतबाट आएको टोली र विद्युत प्राधिकरणबीच आज भएको छलफल पछि उक्त सहमति भएको हो।
हाल १३२ केभी भोल्टेज स्तरमा चार्ज हुने उक्त प्रशारण लाइनबाट फेब्रुअरी १६ देखि १८ भित्र ८० मेगावाटसम्म विद्युत लिन सुरु गर्ने र जुन महिनाको अन्त्यसम्म उक्त विद्युत लिइने निर्णय भएको छ। उक्त विद्युत मुजफ्फरपुर डेलिभरी विन्दुमा प्राप्त हुनेछ।