३ फाल्गुन २०७२, सोमबार

 

काठमाडौँ, दक्षिण एसियाली खेलकुद सागअन्तर्गत महिला फुटबल प्रतियोगिताको फाइनल खेल भर्खरै सुरु भएको छ ।

भारतको सिलोङस्थित जवाहरलाल नेहरू रङ्गशालाको एस्ट्रो टर्फ मैदानमा अहिले नेपाल विजय लक्ष्यका साथ भारतको सामना गर्दै मैदानमा उत्रिएको छ । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपाल र भारत यसअघि चार पटकसम्म भिडे्का छन् भने नतिजा सबै भारतको पक्षमा रहेको छ ।

lady foodbal

अन्तिम पटक भने सन् २०१४ मा पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ६–० गोलअन्तरले पराजित भएको थियो । यसपटकको सागमा नेपाललाई भारतसँगको बदला लिने राम्रो मौका समेत छ । दक्षिण एसियाका पाँच राष्ट्र नेपाल, भारत, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्का सहभागी भएको उक्त प्रतियोगिताको अङ्कतालिकामा नेपाल पहिलो र भारत दोस्रो हुँदै सोझै फाइनलमा प्रवेश गरेका हुन् ।

लिग चरणको खेलमा नेपाल अपराजित मात्रै छैन, एक गोलसमेत खाएको छैन । नेपालले श्रीलङ्कालाई ४–०, बङ्गलादेशलाई ३–०, माल्दिभ्सलाई २–० गोलअन्तरले पराजित गरेको थियो भने भारतसँग गोलरहित बराबरी खेलेको थियो ।

यता भारतले भने श्रीलङ्कालाई ५–०, बङ्गलादेशलाई ५–१ गोलअन्तरले हराएको थियो भने नेपाल र माल्दिभ्ससँगको खेल गोलरहित बराबरीमा टुङ्ग्याएको थियो । रासस

LIVE TV