३ फाल्गुन २०७२, सोमबार

निर्माण हुन लागेको फिल्म ‘रोमियो’मा मोडल ओसिमा बानुले मुख्य भुमिकामा अभिनय गर्ने भएकी छिन् । ओसिमालाई फिल्मका निर्माता तथा अभिनेता हसन खानले मुख्य अभिनेत्रिको रुपमा पक्का गरीसकेका छन् । निर्माता एवं अभिनेता हसानकानुसार पात्रमा हुनुपर्ने बिशेषता ओसिमामा भएको हुनाले उनलाई अनुबन्धित गरेका बताएका हुन् ।बैशाखको पहिलो हप्ता देखि फिल्मको छायाङकन सुरु हुने र यस फिल्ममा ओसिमा र हसनले अनस्क्रीन रामोन्स गर्ने भएका छन् । फेशन डिजाईनर रहेकी ओसिमा फिल्ममा काम गर्न पाउँदा निकै उत्साहित भएकी बताउँछिन् ।
osimaaa
फिल्म ‘रोमियो’लाई सुमन घिमिरेले निर्देशन गर्ने भएका छन् भने कार्यकारी निर्माताको रुपमा नारायण पूरी रहने भएका छन् । ‘रोमियो’ फिल्मलाई काठमाडौं, पोखरा, त्रिशुली लगाएतका ठाउँहरुमा छायाङ्कन गरीने बताएका छन् । फिल्मका निर्माता तथा अभिनेता हसनले आफ्नै बर्थडेको दिन ‘रोमियो’ फिल्म अलग समुदायका तिन पात्र बिचको प्रेमकथामा आधारीत फिलम हुने घोषणा गरेका हुन् । हसनका अनुसार ओसिमा बानुले ‘रोमियो’ फिल्ममा मुस्लिम केटीको पात्रमा अभिनय गर्ने बताएका छन् ।
oshima-banu

प्रतिक्रिया दिनुहोस्

LIVE TV