३ फाल्गुन २०७२, सोमबार

नेपालको केहि मुख्य शहरहरु काठ्माडौं, पोखरा, लगाएतका शहरहरुमा आधुनिकता सँगै डिस्को थेकहरुको सङ्ख्यामा बृद्धि भईरहेका छन् । त्यस्तै अहिले पछिल्लो पुस्ताका युवायुवतीहरुको डिस्को प्रति बढ्दो आकर्षण रहेको छ ।
vlcsnap-2016-02-15-14h10m15s553

vlcsnap-2016-02-15-14h09m32s479

vlcsnap-2016-02-15-14h07m38s755
विभिन्न चाडपर्वहरुको अवसरमा सबैभन्दा बढि ढिस्को प्रति हाम्रो आकर्षण रहेको छ । अझ भन्नुपर्दा प्रणय दिवस अर्थात भ्यालेन्टाईन डे, नेपाली तथा अंग्रेजि नयाँ वर्षहरुमा डिस्को बारहरु निकै लोकप्रिय बन्दै गईरहेका छन् । डिस्को बारहरुले सबैभन्दा बढि पछिल्लो पुस्ताहरुलाई निकै आकर्षित गरीराखेको छ । भ्यालेनटाई डे मा काठमाडौं लगाएतका विभिन्न शहरहरुका डिस्कोबारहरुमा युवापुस्ताहरुको निकै ठुलो भिडभाड रहेको थियो । यिनै पछिल्लो पुस्ताहरुको डिस्कोप्रति आकर्षण सँगै विभिन्न हाउस म्युजिकहरुको आवश्यकता पनि रहेको छ । यसै सन्दर्भमा हामीले डि.जे.रुकेनलाई डिस्को र म्युजिकहरुको बारेमा सोध्दा हाउस म्युजिकहरु निकै लोकप्रिय भएको बताउँछन् । यसरी पछिल्ला पुस्ताहरुमा डिस्को बारहरु प्रति आकर्षित हुँदै गर्दा विभिन्न हाम्रा बिकृतिहरु पनि भित्रने सम्भाबना पनि छ । त्यसैले हामिले आधुनिकता सँगै हाम्रो संस्कृतिहरुको पनि ख्याल राख्न जरुरी रहेको छ । आधुनिकता सँगै हामीले हाम्रा कला सस्कृतिहरुलाई पनि मध्यनजर गर्न आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV