३ फाल्गुन २०७२, सोमबार

समाजको प्रिय नाम मैयाँको खोल ओढेर एक महिला बनिन चोरीमैयाँ , निरक्षर तर चतुर छत्रकुमारीले सबैलाई छक्याइन लामो हात गरेर

मैयाँ, सर्वप्रिय नाम । तिनै मैयाँले छिमेकी त के आफनै ठूली आमै र दिदीलाईसमेत छक्क पारेकी छन् । महँगा गरगहना र घडीसमेत चोरेर हैरान बनाएकी थिइन् उनले । उनी लगायत चोरीका सामानसहित महानगरीय प्रहरी वृत्त वानेश्वरले छ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

hatkadi

मैयाँ निरक्षर हुन् तर चोरी गर्नमा माहिर । अर्थात ३५ वर्षीया छत्रकुमारी भण्डारी उर्फ मैयाँ । आफू प्रहरीको असई, इन्सपेक्टर भन्दै महिलाहरुलाई सामाजिक नेटवर्कमार्फत विश्वासमा लिने गरेकी  थिइन् । त्यसपछि, सम्वन्ध विस्तार गरिएकाहरुको गरगहना, महँगा सामानहरु चोरी गर्ने गरेकी थिईन् । चतूर त्यत्ति नै कि, आँखा झिमिक गर्न नपाउँदै उनले गरगहनाहरु भ्याइसकेकी हुन्थिन् । आइडिया नयाँ नयाँ । उनलाई सुनका विभिन्न गरगहनासहित पक्राउ गरिएको वानेश्वर वृत्त प्रमूख डिएसपी दानवहादुर कार्कीले जानकारी दिनुभयो ।

 

मैयाँले  साथीकै गहना चोर्थिन् साथीलाई साथमा लगेर सुनका पसलमा राख्थिन् र प्रहरीमा गएर हराएको उजुरी गर्नमा सहयोग गर्थिन् । उनीहरु मैयाँवाट पीडित महिलाहरु हुन् ।

वृत्तले घर फोडेर नगद तथा सुनका गरगहनाहरु चोरी गर्ने प्रेम तामाङ र इश्वर गुरु, पत्थर तथा मुगाहरु लुटने वुद्ध लामा र रितिक पुरकोटीका साथै नेपाल प्रहरीका सही हु भन्दै ठगी गर्ने थानकोटका बिकास बस्नेतलाई पक्राउ गरेको र चोरी तथा ठगी अभियोगमा कानुनी कारवाही हुने डिएसपी कार्कीले बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV