३ फाल्गुन २०७२, सोमबार

बैतडी, बैतडीको दुर्गम तल्लोस्वराड क्षेत्रमा पर्ने गिरेगडा गाविसमा रहेको नेपाल टेलिकमको टावरमा चट््याङले क्षति गर्दा स्थानीय सेवाग्राहीलाई समस्या भएको छ ।

baitadi 2

दुर्गम क्षेत्रका जनतालाई लक्षित गरी सञ्चालनमा रहेको टावरले काम गर्न छोडेपछि तल्लो स्वराड क्षेत्रका गिरेगडा, रोडिदेवल, आमचोरालगायतका गाविसका सेवाग्राहीलाई समस्या भएको हो ।

अहिले उक्त क्षेत्रमा रहेको टावरले काम गर्न छोडेपछि त्यस क्षेत्रका स्थानीयवासी भारतीय मोबाइलबाट महँगोमा फोन गर्न बाध्य भएको स्थानीय बासिन्दा जगदिश भट्टले बताएका छन ।

भटले भने “नेपाली मोबाइलले काम नगर्दा आफूहरु भारतीय मोबाइल प्रयोग गर्न बाध्य भएका छौँ” ।

नेपाल टेलिकम कार्यालय बैतडीले भने चट्याङका कारण अवरुद्ध भएको सेवालाई छिट्टै सुचारु गरिने जनाएको छ ।

माघ २५ गते राति परेको चट्याङका कारण बैतडीका नेपाल टेलिकमका अधिकांश टावरमा क्षति पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV