३ फाल्गुन २०७२, सोमबार

१. प्रधानमन्त्रीको भारत भ्रमण अघि सहमति गर्ने भनिए पनि दलहरुबीच संवाद नै भएन, सहमतिका लागि सरकार गम्भीर नभएको मधेसी मोर्चाको आरोप ।

morning news

२. सभापति कोइरालाको निधनका कारण स्थगित कांग्रेसको क्षेत्रीय र जिल्ला अधिवेशन हुने क्रम सुरु, तराईसहित बाँकी जिल्लामा रोकिएको अधिवेशन आजदेखि हुँदै ।
३. ठूला परियोजनाहरुमा स्थानीय जनताको अवरोध चिन्ताको विषय भएको प्रधानमन्त्री ओलीको धारणा, लगानीकर्ता र स्थानीय प्रशासनले नै जनतालाई विश्वासमा लिनुपर्ने ।

४ आज नेपाली फुटबल जगतका लागि ऐतिहासिक दिन बन्न सक्ने, सागको महिला पुरुष दुवै फुटबलमा नेपाल, उपाधिका लागि भारतसंग भिड्दै ।

५ र, सिरियामा विपक्षी विरुद्धको हवाई आक्रमण रोक्न रुससँग अमेरिकाको आग्रह, मानवीय सहायताका सामग्री लैजाने वातावरण मिलाउनुपर्नेमा जोड ।

LIVE TV