३ फाल्गुन २०७२, सोमबार

 

मुलुकमा पेट्रोलियम पदार्थको बिक्री वितरणको एकाधिकार पाएको सरकारी निकाय नेपाल आयल निगमले छिमेकीसहित अन्य देशको तुलनामा पाँच गुणा बढी मूल्य राखेर हवाई इन्धन बेचिरहेको छ ।

aeropla

भारतमा प्रतिकिलोलिटर (१ हजार लिटर) को ३४ हजार ४ सय २२ रुपैयाँमात्र पर्ने हवाई इन्धन नेपाल आयल निगमले भने १ लाख ६६ हजार ७ सय ७० रुपैयाँमा बिक्री गरिरहेको छ । भारतमा पनि सबै कर जोडेपछि उक्त मूल्य तोकिएको हो भने निगमले यहाँ पनि कर जोडेपछिको मूल्य हो । त्यसमाथि आयल निगमले बिक्री वितरण गर्ने इन्धनको ‘गुणस्तर’मा सधैँ प्रश्न उठ्ने गरेको छ ।

आयल निगमले सधैं घाटा पूर्ति गर्ने भन्दै हवाई इन्धनसहित पेट्रोल, डिजेल, मटितेललगायत अधिकतम नफा खाँदै आएको छ भने हवाई इन्धनको भाउ अन्य देशको तुलनामा पाँच गुणा महँगोमा बिक्री गरी निगमले कीर्तिमान कायम गरेको हो । आजको नागरिक दैनिकमा खबर छ

 

LIVE TV