३ फाल्गुन २०७२, सोमबार

 

गुलरिया – नेदरल्यान्डका नागरिक गोरार भान लानसहित ४ जना बर्दिया राष्ट्रिय निकुञ्जमा दुई घन्टा बाघको फन्दामा परेका छन् । निकुन्जको बघौराफाँटमा बाघले आक्रमण गरेपछि उनीहरुले रुख चढेर ज्यान बचाएका छन् ।

tiger-banke-national-park

विदेशी पर्यटकसहितको टोली बाघको आक्रमणमा परेको जानकारी पाएपछि निकुन्जका अधिकारी तथा सेना २ हात्ती लिएर उक्त स्थानमा गएका थिए । उनीहरुलाई २ घन्टापछि निकुन्जका माउतेले हात्तीको सहयोगमा उद्धार गरेको प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

LIVE TV