करिब नौ हजारजनाको ज्यान लिने गरी गएको विनाशकारी भूकम्पले पुर्याएको सात खर्ब ६ अर्ब रुपैयाँबराबरको क्षतिको वास्तविक मूल्यांकन गर्ने सर्वेक्षण सक्न अझै दुई महिना लाग्ने भएको छ । माघ मसान्तसम्म सक्ने योजनाका साथ पुस १५ गते सुरु गरिएको दोलखाको सर्वेक्षणमा ४० हजार घरको प्रतिवेदनमात्रै केन्द्रमा आइपुगेका कारण निर्धारित समयमा काम नसकिने देखिएको हो ।
एक हजार चार सय इन्जिनियर परिचालन गरेर ११ जिल्लामा सञ्चालन गरिएको सर्वेक्षणबाट ७६ हजार घरको प्रतिवेदन आइपुगेको तथ्यांक विभागका निर्देशक ढुण्डिराज लामिछानेले बताए । लामिछानेका अनुसार ११ जिल्लाको सर्वेक्षण पूरा हुन दुई महिना लाग्ने देखिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।