
नेपाली फिल्मकर्मिहरुको एकाएक सम्बन्धको चर्चाहरु आउने क्रम बढिरहेको छ । केहि समय अघि नायिका नम्रता श्रेष्ठको सम्बन्धको खबरले निकै चर्चा पाएको थियो, तर नायिका श्रेष्ठले भने खासै उनको सम्बन्धको बारेमा खुल्न चाहिराखेका थिईनन् । तर, फिल्म क्लासिकको प्रिमियर शोमा भने उनले आफ्नै प्रेमि दावा शेर्पासँग उपस्थित भएकी थिईन् । अहिले उनिहरुले एकअर्काबिच पे्रमीप्रेमिका भएको स्वीकारीसकेका छन् ।
त्यस्तै अहिले निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माको सम्बन्ध रहेको समाचारहरु पनि आईराखेका छन् । हामीले पनि आँकलन गर्न सक्छौंकी उनिहरु प्रेमजोडि हुन्, किन भने सुदर्शन थापा आफैले निर्देशन गरेका फिल्महरुमा मात्र नायिका पुजा शर्माले अभिनय गरेकी छिन् । चंखे शंखे पंखे फिल्मबाट फिल्म क्षेत्रमा करीयर सुरु गरेकी पुजाले पे्रमगीत फिल्ममा पनि अभिनय गरेकी छिन् । यी दुवै फिल्महरु सुदर्शनले नै निर्देशन गरेका हुन् । अहिले पुजाले सुदर्शनको फिलम बाहेक अरुको फिल्महरुमा भने काम गरेकी देखीएको पाईदैन । सुदर्शन थापाले पुजालाई मात्र नायिकाको रुपमा लिएको पनि देखिन्छ ।
त्यस्तै अर्का फिल्मका निर्माता छबिराज ओझाले पनि नायिका रेखा थापा सँग सम्बन्ध बिच्छेद गरेपछि शील्पा पोखरेललाई दोस्रो रेखाको रुपमा अँगालेका देखिन्छन् । म्युजिक भिडियोमा चर्चा कमाईसकेकी शील्पाले अहिले छबिराज ओझाको फिल्महरुमा ब्यस्त छिन्