२ फाल्गुन २०७२, आईतवार

काठमान्डौँ , आज फेब्रुअरी १४ तारिख अर्थात प्रेम दिवस। नेपालसहित विश्वभर आज भ्यालेन्टाइन डे मनाइँदैछ । प्राय प्रेम दिबशमा फुलहरुकै चर्चा बडि हुने गरेको देखिन्छ । र युवायुवतिहरुले पनि फुलदिएर माया साटासाट गर्ने गर्छन । हुनत प्रेम ब्यक्त गर्ने माध्याम अनेक ह्न्छन  प्रेम व्यक्त गर्न फूलहरू मात्र नभएर अन्य प्रतिकहरू पनि प्रचलित छन् ।

तर यस्ता प्रतिकहरूमध्ये फुल नै बडि चर्चित छ । हुनत एउटा वाणले हृदय चिरेर गएको प्रतिक सबैभन्दा बडि प्रचलित छ । प्रेमी प्रेमिकाहरूका लागि हृदयभन्दा राम्रो प्रतिक अरू हुन सक्दैन । कसैलाई यो उपहार दिनुको अर्थ तपाईंले उसलाई र्सवस्व सुम्पन चाहनुहुन्छ भन्ने हो । यो संकेतले तपाईंको हृदय उसको प्रेमको वाणले घाइते भएको छ भन्ने देखाउँछ ।

प्रेम पंक्षी ‘लर्डवर्ड’ पनि प्रेमको प्रतिक हो । प्रेमी प्रेमिकाको साथ ‘जोडी’ विना यो बस्न सक्दैन भन्ने धारणा छ ।ख्रिष्टियन धर्मका अनुसार प्रेम पंक्षी ‘लर्डवर्ड ‘ निर्मलता र प्रेमको प्रतिक हो । त्यसैले भ्यालेन्टाइन डे को दिन यसको प्रशस्त प्रयोग गरेको पनि पाईन्छ । तर नेपाल लगाएत संसारका केही देशहरुमा फुलहरुले मान्छेको बिश्वास जित्ने गरेको पाईन्छ ।

 

rrrrrrrr

अब हेरौँ कुन फुलले कुन संकेत गर्छन

सेता गुलाव
साँचो प्रेम र स्वच्छ हृदयको प्रतिक सेतो गुलाव साँचो प्रेम र स्वच्छ हृदयले दिइन्छ । भावुकताले भरिएको सन्देश दिनमा सेतो गुलाव ले महत्वपूर्ण भूमिका खेल्छ ।

rose wallpaper hdtv 1920x1080

गुलावी गुलाव
मित्रता र मुटुको धड्कनको प्रतिक यो रङ्गको गुलाव मित्रता र मुटुको धड्कनको प्रतिक मानिन्छ । भ्यालेन्टाइन डे मा गुलाव ी रङ्गको गुलाव दिनुको अर्थ मेरो मुटुको धड्कन अब तिम्रो लागि मात्र धड्की रहेको छ भन्नु हो । अर्थात् मेरो मुटु तिम्रो लागि हो ।

पहेँलो गुलाव
मित्रताको प्रतिक पहेँलो गुलाव मित्रताको प्रतिक मानिन्छ । फ्रेण्डशीप डे’ अर्थात् मित्रता दिवसका दिन पहेँलो गुलाव प्रदान गरिन्छ । तर, पनि हिजोआज मित्रताको प्रतिकका रूपमा भ्यालेन्टाइन डे मा पनि यसको प्रयोग हुन थालिसकेको छ ।

 

rrrrrr1

कालो गुलाव

बिदाईको प्रतिक कालो गुलाव बिदाईको प्रतिक मानिन्छ । यदि कुनै कारणवश प्रेम सम्बन्ध जारी राख्न सम्भव छैन भने कालो गुलाव दिएमा आफ्नो कार्य पुरा हुन्छ ।

रातो गुलाव
शान्ति, प्रेम र क्षमताको प्रतिक रातो गुलाव प्रेम र मनोभावनाको प्रतिक हो । भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै रातो रङ्गको गुलाव आदान९प्रदान हुन्छ । यसलाई प्रेम९प्रस्तावका रूपमा प्रदान गरिन्छ । फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतिक हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV