
अंगे्रजी महीनाको फेब्रुअरी १४ लाई विश्वमा नै प्रेम दिवस अर्थात भ्यालेन्टाईन् डे को रुपमा मनाईन्छ । केही वर्षयता हाम्रो नेपालमा पनि यस प्रेम दिवसले निरन्तरता पाईरहेको छ । यसै क्रममा आज हामीले नेपाली फिल्म इन्डस्ट्रिमा चलेका अनस्क्रिन जोडिहरुको चर्चा गर्दै छौं । नेपाली फिल्म ईन्डष्ट्रिका सदाबहार नायक भुवान केसि र त्रिप्तिको अनस्क्रिन जोडिलाई दर्शकहरुले निकै रुचाएका जोडिको रुपमा चिनिन्छ । उनिहरुले अभिनय गरेका फिल्म कुसुमे रुमाल,सम्झना, साईनो,लगाएतका फिल्महरुमा उनिहरुको अनस्क्रिन रोमान्सले निकै चर्चा बटुलेको थियो ।
त्यसपछि महानायक राजेश हमाल र सदाबहार नायिका करीस्मा मानन्धरको अनस्क्रिन जोडिले पनि निकै चर्चा पाएको थियो । उनिहरुले फिल्म साथि, भाउजु, लगाएतका फिल्महरुमा अनस्क्रिन जोडिको रुपमा काम गरेका थिए ।
त्यस्तै अहिले निकै चर्चामा आईरहेका अभिनेता आर्यन सिग्देल र नम्रताको अनस्क्रिन जोडिलाई पनि निकै दर्शकहरुले रुचाईरहेका छन् । उनिहरुले फिल्म मेरो एउटा साथि छ बाट फिल्म इन्डष्ट्रिमा पाईला टेकेका थिए । नोभेम्बर रेन फिल्मको ठुलो सफलता पछि उनिहरुको अनस्क्रिन जोडिले अहिले वाहवाही कमाईरहेका छन् । आर्यन र नम्रताको अनस्क्रिन जोडि मन पराउने दर्शकहरुको लागि अहिले प्रेम दिवसको अवसरमा उनिहरुले लभस्टोरी फिल्म क्लासिक पनि ल्याएका छन् ।
फिल्म झोलेबाट अनस्क्रिन जोडिको रुपमा देखिन थालेका नायिका प्रियंका कार्की र दयाहाङ राईको जोडिले पनि दर्शकहरुको मन तान्न सफल भएका छन् । उनिहरुको अनस्क्रिन जोडिलाई दर्शकहरुले अहिलेको समयमा निकै रुचाईराखेका छन् । फिल्म फन्कोमा पनि उनिहरुको अनस्क्रिन जोडि दर्शकहरुले निकै मन पराएका थिए । थिए । त्यस्तै अहिले उनिहरु रामबाबु गुरङको निर्देशनमा निर्माण हुन लागेको फिल्म पुरानो डुंगा मा पनि सँगै देखिने भएका छन् ।
हाँस्याकलाकार जोडिको रुपमा परिचित दीपाश्री निरौला र दीपक राज गीरीको अनस्क्रिन रोमान्सलाई पनि दर्शकहरुले साथ दिदै आएका छन् ।
अहिले फिल्म ईन्डष्ट्रिमा अनस्क्रिन जोडिहरुले चर्चा पाईरहेको बेलामा निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माको सम्बन्ध रहेको समाचार पनि बाहीरीरहेको छ । त्यस्तै सुदर्शन थापाले निर्देशन र पुजा शर्माले अभिनय गरेकी फिल्म प्रेमगीत पनि प्रदर्शन भईरहेको छ । त्यस्तै निर्माता छविराज ओझा र अभिनेत्रि रेखा थापाको सम्बन्ध बिच्छेद पश्चात नायिका शील्पा पोखरेलसँग निर्माता ओझाको सम्बन्ध रहेको पनि समाचार आईरेहको छ । मिडियाहरुमा यी फिल्मकर्मीहरुको यसरी उनिहरुको सम्बन्धको समाचार आईरहँदा उनिहरुले केहि प्रतिकृया भने दिएका छैनन् ।