
भ्यालेन्टाइन डे को अवसर पारेर विभिन्न लेखरचना सँगै चलचित्र, गीतसंगीत र म्युजिक भिडियोहरु पनि सार्वजनिक हुने क्रम बढीरहेकोे छ । यस क्रममा सञ्चारकर्मी तथा चलचित्रकर्मी निश्चल श्रेष्ठ निर्देशित कहाँ होला यो ज्यानलाई मायाँ गर्ने मान्छे रु गीतको म्युजिक भिडियो युट्युबमा रिलिज गरिएको छ । भ्यालेन्टाइन डे लाई लक्षित गरी फेब्रुअरी १२ मा म्युजिक नेपालबाट रिलिज गरिएको यो गीत जोडी नभएका किशोर किशोरी र युवायुवतिहरुले आफ्नो जोडी कहाँ होला रु कस्तो होला रु रुप, रंग, आनीबानी, ढँग कस्तो होला भनेर कल्पना गरिएको रोमान्टिक फ्लेवरको आधुनिक गीत हो । पहल एलबममा समावेश यो गीतमा नारायण सुबेडीको स्वर÷संगीत, निश्चल श्रेष्ठ स्वयंको शब्द रचना र किरण कंडेलको संगीत संयोजन रहेको छ । एन। बि भट्ट र संजना भण्डारीको अभिनय रहेको यस गीतमा रत्न कार्कीको छायाँकन, मिलन मुस्कानको सम्पादन रहेको छ ।