२ फाल्गुन २०७२, आईतवार

हाँस्य कलाकार दिपाश्री निरौला निर्देशक रहने गरी दिपकराज गिरी तथा दिपाको टिमअपको नयाँ फिल्म ‘लप्पन ६प्पन’ निर्माण घोषणा गरिएको छ । यो फिल्मबाट दिपाको निर्देशकिय यात्रा सुरु हुनेछ ।
deepa-shree-niraula-3
निर्माता रहेका दिपकले सामाजिक सञ्जालबाट यो कुराको सार्वजनिक गरेका हुन् । अन्य निर्देशक राख्ने भनेर निर्माण घोषणा गर्न ढिलाई गरिए पनि अन्त्यमा कसैसँग कुरा नमिलेपछि दिपक दिपा आफ्नै टिमबाट फिल्म निर्माण निर्देशन गर्ने निर्णयमा पुगेका हुन् । श्रोतका अनुसार फिल्मको लागी बुद्धी तामाङ लिड अभिनयको लागी फाईनल भएका छन् भने छायाँकनमा पुरुषोत्तम प्रधान रहनेछन् । निर्माणमा निर्मल शर्माले दिपकराजसँग साझेधारी गर्नेछन् । यसअघि ‘छ एकान छ’ र ‘वडा नम्वर छ’ सफल भएपछि सानोपर्दाका चर्चित कलाकार दिपक दिपाको टिम नयाँ फिल्मको लागी तयारीमा जुटेका हुन् । आमा सरस्वती मुभिज र गीतदेवी फिल्मस् को व्यानरमा ‘लप्पन ६प्पन’ बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV