२ फाल्गुन २०७२, आईतवार

 

रक्सौलबाट पेट्रोलियम पदार्थ आयातमा वृद्धि भएसँगै नेपाल आयल निगमले नियमित इन्धन वितरण गर्ने सूचना जारी गरे पनि उपभोक्ताले अपेक्षाअनुसार तेल पाउन सकेका छैनन् । निगमले शुक्रबारदेखि सबै पेट्रोलपम्पबाट डिजेल, पेट्रोल दिने जनाएको थियो । शुक्रबार तेल पाउने आसमा रहेका उपभोक्ताले शनिबार केही तेल पाएका थिए । तर, सबै पेट्रोलपम्पबाट पेट्रोल नपाएपछि लाइन बसेका मोटरसाइकल रित्तै फर्किएका थिए ।

petrolpump

‘निगमले मोटरसाइकल, स्कुटर र निजी तथा सार्वजनिक चारपांग्रे सवारी साधनलाई नियमित पेट्रोल वितरण गर्ने बताएको थियो । पेट्रोल पम्पले प्राप्त गरेको तेल वितरण गरेको भए पनि पर्याप्त नपाएकाले उपभोक्ताले अभाव महसुस गरेको पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए । आजको नागरिक दैनिकमा खबर छ ।

 

LIVE TV