२ फाल्गुन २०७२, आईतवार

काठमाडौ । वैदेशिक रोजगारमा जाने कामदारसँग बढी रकम लिएर थोरै रुपैयाँको रसिद दिने म्यानपावर कम्पनीमाथिको कारवाही अन्योलमा परेको छ ।

श्रम मन्त्रालय र विभागका कर्मचारीको इच्छा शक्ति बलियो नहुदाँ ठगी गर्ने म्यानपावर कम्पनी माथिको कारवाही अन्योलमा परेको आजको नयाँ पत्रिकाले समाचार छापेको छ ।

Baidesik-Rojgar-Bibhag2

विभागले १ सय म्यानपावर कम्पनीको सुची मागको तेस्रो सातामा ल्याउने र फागुनभित्रै कारवाही गर्ने भनाई पनि हावादारी साबित भएको छ ।

विभागको म्यानपावर कम्पनी माथिको अनुगमन पनि कामदार भन्दा सरकारी कर्मचारीले बढी फाइदा उठाइरहेको आरोप पीडितले लगाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV