
काठमाडौ । सरकारले पाठेघरको मुख वा यौन अंगमा हुने क्यानसर रोकथामको लागि नेपाली बालबालिकाहरुलाई आगामी फाल्गुनदेखि सबै भन्दा महँगो र प्रभावकारी मानिएको खोप लगाउने भएको छ ।
विश्व स्वास्थ्य संगठन र ग्लोबल अलाइन्स फर भ्यक्सिनेन्सको सहयोगमा एचपिबी नामक खोप निःशुल्क रुपमा दिन लागेको आजको अन्नपूर्णमा समाचार छ ।
स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका अनुसार गत बैशाखमै सुरु गर्ने भनिएको एचपीभि कार्यक्रम भूकम्प, तराइ आन्दोलन, भारतीय नाकाबन्दी लगायतको कारण झण्डै ११ महिना सरेको हो ।
यो खेाप अन्यन्त महँगो पर्ने हुनाले खोपको डोजको मुल्य करिब १० हजार रुपैयाँ पर्छ ।