
काठमाडाैं । प्रहरीले स्कुल, कलेज बंक गरेर अन्यत्र जाने विद्यार्थीलाई पक्राउ गर्ने अभियान सुरु गरेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरले पढाइ छाडेर स्कुल, कलेज पोसाकमा सिनेमा हल, रेस्टुरेन्ट, लज, स्नुकर हाउस, फुटसल, पार्कलगायतका स्थानमा जाने विद्यार्थीलाई पक्राउ गर्ने अभियान सुरु गरेको आजको समाचार पत्र दैनिकमा समाचार छ ।
प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक किरण बज्राचार्यले स्कुल तथा कलेज पोसाकमा कक्षा बंक गरेर अभिभावकलाई थाहै नदिई अन्यत्र जाने गर्दा अपराध बढ्न थालेपछि यसलाई नियन्त्रण गर्न प्रहरीले अभियान चलाएको बताए ।
कलेज बंक गरेर यस्ता स्तानमा गई बाजी खेल्ने, गाँजा ताथ लागूपदार्थको प्रयोग गर्ने, चुरोट, गाँजा, हुक्का तान्ने, अश्लील क्रियाकलापमा विद्यार्थीको संलग्नता हुने गुनासो आएकाले त्यसलाई नियन्त्रण गर्न प्रहरीले अभियान चालेको प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिए ।