२ फाल्गुन २०७२, आईतवार

काठमाडौ । सरकाले काठमाडौ उपत्यकाभित्र विद्युतीइ बस सञ्चालका लागि पहल सुरु गरेको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यसको पहल सुरु गरेको हो । इन्धनबाट मात्र चल्ले बसका कारण इन्धनको बढी खपत हुने गरेका कारण सरकालेले विद्युतबाट चल्ने बस चलाउने तयारी गरेको हो ।

electricbus

यसका लागी उपत्यका भित्र विद्युतीय बस सञ्चालका सम्भाव्यता अध्ययन गर्न चीन सरकार लाई औपचारिक आग्रह गरेको छ । नेपालस्थित चिनियाँ राजदूतावासमार्फत मन्त्रालयले विद्युतीय बस उत्पादन गर्ने चिनियाँ कम्पनीलाई पत्र पठाइसकेको अाजको नयाँ पत्रिकामा समाचार छ ।

संघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्टले अपत्यकाभित्र विद्युतीइ बस उञ्चालनका लािग चीन सरकारलाई औपचारिक पत्र पठाइएको जानकारी दिए ।

‘उपत्यका भित्र विद्युतीइ बस सञ्चालन गर्ने सरकारी तयारी सुरु भइसकको छ, सहायकमन्त्री विष्टले भने , त्यसका लािग नेपालस्थित चिनियाँ दूतावासमार्फत पहल सुरु भएको छ । विद्युतीय बस उत्पादन गर्ने चिनियाँ कम्पनीलाई पत्राचार भइसकेको छ ।

चिनियाँ कम्पनी नेपाल आउने र विद्युतीय बस सञ्चालनका लागि सम्भाव्इता अध्ययन गर्ने मन्त्रालयको भनाई छ ।

 

LIVE TV