१ फाल्गुन २०७२, शनिबार

 

बागलुङ, उपप्रधान तथा सहकारी एवं गरिवी निवारण मन्त्री चित्र बहादुर केसीले नयाँ सहकारी ऐन ल्याउन लाग्दा सहकारीका नाममा ठगी गर्नेहरु अत्तालिएको बताउनु भएको छ ।

शुक्रबार साँझ बागलुङ खर्वाङका स्थानीय सहकारीकर्मीहरुसंग अन्तरक्रिया गर्दै केसीले २०४८ को सहकारी ऐन वर्तमान समयमा उपयुक्त नभएकोले आवश्यक संशोधनसहित नयाँ ऐन ल्याउन लागेको जानकारी दिनुभयो ।

chitra-bahadur-kc

 

विद्यायन सभामा पुगेको ऐनलाई पास हुन नदिन विभिन्न चलखेलहरु भएको आरोप लगाउँदै केसीले सो ऐनले मात्रै सहकारी क्षेत्र सबल बन्ने दावी गर्नुभयो ।

सहकारी समाजवादी अर्थतन्त्रको जग भएको भन्दै केसीले सबल सहकारीबाट जनताको सम्बृद्धि हुने बताउनुभयो ।

एक फरक प्रसंगमा केसीले नेपालले आफै संविधान जारी गरेवाफत नाकाबन्दी वेहोर्नु परेको भन्दै संघीयताको नाममा वैदेशिक हस्तक्षेप बढिरहेको र संघियता खारेज नभएसम्म समस्या समाधान नहुने समेत दावी गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV